Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा पारा ओलम्पिक खेलकुद सुरु भएको छ । ऐतिहासिक मराकाना रंगशालामा बुधवार राति भव्य समारोहका बिच ब्राजिलका राष्ट्रपति मिचेल ट्रेमरले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

शारीरिक अपांगता भएका खेलाडीले प्रतिस्पर्धा गर्ने पारा ओलम्पिकमा यसपटक १ सय ६० राष्ट्रका ४ हजार ३ सय ५० खेलाडी सहभागी हुँदैछन् । सहभागी खेलाडीले विभिन्न २२ खेलमा ५ सय २८ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस पटक पारा ओलम्पिकमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपालका बिक्रमबहादुर रानाले एथ्लेटिक्स तथा लक्ष्मी परियारले पौडीमा प्रतिस्पर्धा गर्ने छिन् । दुई खेलाडीका लागि १६ पदाधिकारीसहितको टोली ब्राजिलको रियो पुग्दैछ ।

तपाईको प्रतिक्रिया