Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

Bhaban Jee Ok

टोकियो – गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष भवन भट्टले भूकम्प पीडितको नाममा रहेको रकम आफ्नो निजी खातामा रहेको सम्बन्धमा प्रकाशन भएको भ्रामक समाचारको पछि नलाग्न सबैमा अपील गर्नु भएको छ ।
नेपाल ब्रिटेन डटकमले ’भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो अपील गर्नु भएको हो । आज विज्ञप्ति जारी गर्दै उपाध्यक्ष भट्टले गैरआवासीय संघका सम्मानित अध्यक्षको समेत तस्बिर राखी प्रसारित उक्त समाचारबाट एनआरएनए आइसिसिका जिम्मेवार पदमा रहेका व्यक्तिद्वारा संस्थाको गोपनियतालाई ख्याल नगरी र संस्थाको मर्यादा समेतमा आँच आउने गरी गलत नियतबस बैठकका आन्तरिक छलफलका विषयहरु मिडियामा ल्याउन खोजिएको बताउनु भएको छ । उहाँले सो समाचारमा उल्लेख गरिएको विषय र रकम दुवै गलत र भ्रामक रहेको प्रष्ट पार्दै भ्रमपूर्ण समाचार प्रति खेद प्रकट गर्नु भएको छ । समुद्रपारि डटकमलाई प्राप्त विज्ञप्तिमा उपाध्यक्ष भट्टले लेख्नु भएको छ – ‘सत्य तथ्य केहो भने मेरो संयोजकत्वमा एनआरएन जापान सहित जापानमा रहेको सिंगो नेपाली समूदायमा क्रियाशील राजनीतिक दलहरुका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित भूकम्पपीडित राहत तथा सहयोग समिति निर्माण भएको थियो । यस समितिको जापान स्थित जापान पोष्ट बैंकको आफ्नै खाता रहेको र उक्त खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ हाल मौज्दात रहेको जानकारी गराउन चाहन्छु ।’
उपाध्यक्ष भट्टले कसैले यसको गलत उपयोग वा दुरुपयोग गर्न सक्ने अवस्था नरहेको भन्दै समितिका सदस्यहरुलाई आस्वस्त पारी ३ करोड जापानी येन एनआरएनए आइसिसिको नेपालको खातामा पठाइएको स्पष्ट पार्नुभयो । त्यस्तै, बाँकी रकम पनि एनआरएनए आइसिसिकै पहलमा आगामी दिनमा हुन गैरहेको पुनर्निर्माणका कार्यमा नै सहयोग हुने गरी पठाउन आफ्नो तर्फबाट आवश्यक पहल भैरहेको पनि उहाँले विज्ञप्तिमा जनाउनु भएको छ । उहाँले संघ भित्रबाट हुने यस किसिमका गैरजिम्मेवार कार्यहरुलाई निरुत्साहित गर्न संघका सम्पूर्ण अभियन्ताहरुमा विशेष आग्रह पनि गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया