Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

टोकियो – एनआरएन उपाध्यक्ष भवन भट्टले आफ्नो निजी खातामा भूकम्प पीडितको रकम राखेको भावका साथ ‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकमा प्रकाशित समाचारको भूकम्पपीडित राहत तथा सहयोग समितिले खण्डन गरेको छ ।

bhattaa
नेपाल ब्रिटेन डटकममा ६ सेप्टेम्बर २०१६ मा प्रकाशित सो समाचार प्रति भूकम्पपीडित राहत तथा सहयोग समिति जापानले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रकमको अवस्थाको बारेमा समेत प्रष्ट पारेको छ । समितिको सचिवालय सदस्य त्रय तिलक मल्ल, महेशकुमार श्रेष्ठ र जिज्ञानकुमार थापाद्वारा संयुक्त रुपमा हस्ताक्षेरित प्रेस विज्ञप्तिमा समाचारमा कुनै सत्यता नभएको भन्दै उक्त भ्रमपूर्ण समाचार प्रति समितिले खेद समेत प्रकट गरेको छ । समितिद्वारा जारि गरिएको विज्ञप्तिमा भनिएको छ – ‘यो समिति एनआरएन जापानसहित जापानमा रहेको सिंगो नेपाली समूदायमा क्रियाशील राजनीतिक दलहरुका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित समिति हो । यस समितिको जापान स्थित जापान पोष्ट बैंकको आफ्नै खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ मौज्दात रहेको र कसैले यसको गलत उपयोग वा दुरुपयोग गर्न सक्ने अवस्था नरहेको कुरा यो समिति सबैमा आश्वस्त पार्दछ ।’

bhatta
समितिले यस अघि पटकपटक गरि ३ करोड जापानी येन एनआरएनए आइसिसिको नेपालको खातामा समितिको निर्णय अनुसार पठाएको पनि प्रष्ट पारेको छ । विज्ञप्तिमा अगाडि भनिएको छ – ‘सो रकम एनआरएन आइसिसिको कोषमा पठाउन पटकपटक एनआरएनका पदीय जिम्मेवारीमा रहनुभएका साथीहरुले अनुरोध गर्दै आउनुभएको भए पनि रकमको खर्च कहाँ कसरी हुन्छ र जापानबासी नेपालीहरुको योगदानको पहिचान कसरी हुन सक्छ भन्ने स्पष्ट जानकारी पाउन नसकेकाले कोष जापानमा नै सुरक्षित रहेको कुरा पनि यसै अवसरमा जानकारी गराउदै उक्त मौज्दात रकम कहाँ कसरी खर्च गर्ने भन्ने विषयमा यस समितिले निकट भविष्यमै उपयुक्त निर्णय लिने कुरा अवगत गराउँदछौं ।’ समितिले विज्ञप्तिको साथमा समितिको नाममा रहेको खाता विवरण समेत संलग्न गरि पठाएको छ । अन्तमा समितिले उक्त समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध गर्दै जिम्मेवार मिडियाकर्मीहरुले यस किसिमका समाचारहरु सम्प्रेषण गर्नु अघि सत्यतथ्य बुझिदिन अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया