Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

थाइल्याण्ड – गैर आवासीय नेपाली सङ्घ (एनआरएनए ) थाइल्याण्डले थाइल्याण्ड–नेपाल फ्रेन्डशिप रिसेप्सनको आयोजना गरी नेपाललाई निरन्तर सहयोग पुर्याउदै आएका १०५ व्यक्ति एवम् संस्थालाई सम्मान गरेको छ ।

55

सेप्टेम्बर १ तारिखमा बैंककको होलिडे इन् होटेलमा आयोजित एक विशेष रात्रि भोजका साथ् सम्पन्न उक्त कार्यक्रममा बोल्दै एनआरएनए थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले थाई जनता र नेपाली जनता बिच बढ्दै गएको सकारात्मक सम्बन्धलाई सम्मान गर्न र उक्त सम्बन्ध लाई अझ प्रगाढ र दिगो बनाउनको लागि उक्त रिसेप्सन आयोजना गरिएको बताउनुभयो ।

66

विगत ३ वर्ष देखि एनआरएनए थाइल्याण्डको नेतृत्व लिएका अध्यक्ष ढकालले आफ्नो नेतृत्वको सुरुवात देखिनै पिपल टू पिपल डिप्लोमेसी मा जोड दिँदै आउनुभएको थियो ।
ढकालले ३ वर्ष देखिको निरन्तर प्रयासले आज नेपाललाई जनस्तर बाट निसर्त सहयोग गरिरहेका नेपालका सच्चा मित्रहरूलाई एउटै फोरममा भेला गर्न र सम्मान गर्न सम्भव भएको बताउनुभयो ।

1

थाई र नेपाली जनताको निकटताका मुख्य आधारहरु संस्कृतिक, अध्यात्मिक र व्यापारिक सम्बन्ध रहेको र यसको व्यापक विस्तार र प्रबर्धन गर्ने सकिने सम्भावना पनि रहेको ढकालको दाबी थियो । भूकम्पको समयमा करिब ६० लाख रुपयाँ सहयोग स्वतः स्फुर्त रूपमा एनआरएनए थाइल्याण्ड मार्फत मात्र उठेको थियो भने ६ टन भन्दा बढी रिलिफ सामग्री नेपाल एनआरएन थाइलेण्डले नेपाल पठाएको थियो ।

99

उहाँले थपे थाईहरुकै विशेष सहयोगमा गत अप्रिलमा एसियाकै ठुलो मल् सेन्ट्रल वोर्ल्डमा करिब ३ करोड नेपाली खर्चको ५ दिने नेपाल फेस्टिबल सम्पन्न भएको थियो । उक्त फेस्टिबल बाट भएको आम्दानी बाट पनि करिब २२ लाख नेपाली थप रकम भूकम्प पीडितको लागि घर बनाउन नेपाल पठाउने ढकालले जानकारी गराउनुभयो । उक्त समरोहमा बोल्दै थाइल्याण्डका लागि नेपालका राजदूत खगनाथ अधिकारीले उक्त थाइल्याण्ड– नेपाल फ्रेन्डशिप रिसेप्सन दुई देश बिचको सम्बन्धको इतिहाँसमै एउटा नयाँ सुरुवात भएको र दुई देश बिचको सम्बन्धमा यसले निश्चयनै नयाँ उचाइ थप्ने बताउनुभयो ।

4

राजदूत अधिकारीले नेपालको विनाशकारी भूकम्प देखि केही महिना अगाडी बैंककको सबैभन्दा ठुलो मल सेन्ट्रल वोर्ल्डमा सम्पन्न नेपाल फेस्टिवल र त्यसमा प्राप्त थाई सहयोग र गैर आवासीय नेपाली सङ्घ थाइलेण्डको भूमिका प्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो ।त्यस्तै नेपालका थाई मित्रहरू को प्रतिनिधित्व गर्दै विश्व परिचित सेन्ट्रल पटना समूहका उपाध्यक्ष क्रिट कुनप्लिनले नेपाली जनता र थाई जनता बिचको सम्बन्ध भगवान् बुद्धको जन्म देखिनै सुरुवात भएको र यसलाई संस्थागत गर्न एनआरएनए थाइल्याण्डले पछिल्ला दिनमा लिएका कदमहरुबाट आफू निकै प्रभावित भएको बताउनुभयो ।

3

कार्यक्रममा उपस्थित नेपाल लाई उल्लेखनीय सहयोग पुर्‍याउने थाई हरुको प्रोफाइलहरु समेटेर एनआरएनए थाईलेन्डका महासचिव रवि महर्जनले एक भी टि आर पनि प्रस्तुत गरेका थिए भने उपाध्यक्ष असाजीता अवालेले सम्पूर्ण सहयोगी सङ्घ संस्था एबम व्यक्ति हरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

88

सम्मान हुनेमा नेपालको विषयमा लेख्ने लेखक, नेपालको कला र संस्कृतिका प्रबर्द्धक, पत्रकार, हिमाल आरोही, नायक, नायिका, पूर्व मन्त्री, सेना एवम् प्रहरीका अधिकृत, लुम्बिनीको विकासमा सहयोग पुर्‍याउने, नेपालको पर्यटन प्रबर्धन मा सहयोग गर्ने, नेपाल सँग नजिक बुद्धिस्ट सङ्घ संस्था, भूकम्पमा सहयोग गर्ने हरू देखि नेपाल फेस्टिवलमा सहयोग पुराउने एबम विभिन्न कजहरुमा एनआरएन लाई सहयोग पुर्‍याउने थाईलेन्डका चर्चित व्यक्ति एबम संस्थाहरू रहेको सङ्घका कोषाध्यक्ष गाबो ( कान्छा) गुरुंङले बताउनुभयो ।

99

त्यसमा पहिलो सगरमाथा आरोही देखि थाइल्याण्डकै सर्ब प्रतिष्ठित व्यापारिक समूह सेन्ट्रल पटना समेत परेका थिए । अध्यक्ष ढकाल र राजदूत अधिकारी ले संयुक्त रूपमा कदर पत्र प्रदान गरेर उनीहरूलाई सम्मान गरिएको थियो । ५७ वर्ष लामो नेपाल र थाईलेन्ड सरकारको कुटनीतिक समन्धमा पहिलो पटक भएको यस कार्यक्रमले नयाँ उचाइ दिने रिसेप्सनका थाई तथा नेपाली सहभागीहरुले टिप्पणी गरेका थिए।

 

तपाईको प्रतिक्रिया