Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

रसुवा – पासाङल्हामु राजमार्गमा गाडीका चालक र सहचालकका लागि रसुवामा सचेतनामुलक अभियान सुरू भएको छ । बढ्दै गएको दुर्घटना न्युनिकरणका लागि राजमार्गको रसुवा खण्डमा गाडीका चालक तथा सहचालकका लागि अभिमुखिकरण गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक प्रहरी कार्यलय रसुवाको संयुक्त आयोजनामा सुरू भएको अभियानमा दुई सय चालक तथा सहचालकलाई सचेतना जगाइने प्रहरीको विश्वास छ ।

प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार अभिमुखिकरणमा सवारी दुर्घटना, चालक तथा सहचालकको व्यवहार र यातायात सम्बन्धी संशोधित ऐन नियमका बारेमा जानकारी गराइने छ ।

साँघुरो सडक, बढ्दो सवारी चाँप र तीव्र गतिका कारणआर्थिक वर्ष २०७२/०७३ मा सवारी दुर्घटनामा रसुवामा ४० जनाले ज्यान गुमाएका थिए । ६० जना घाइते भएको प्रसाईँको भनाई छ ।

सदरमुकाम धुन्चेमा सोमबार एक दिन, टिमुरेमा ३ दिन र कालिकास्थानमा एक दिन अभियान चलाइने छ ।

तपाईको प्रतिक्रिया