Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – नेवार समुदायले सोमबार सानो दसैँको रुपमा लिइने चथा पर्व मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन बेलुका चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरेर चथा मनाउने गरिन्छ ।

5

यो दिन चन्द्रमा हेर्‍यो भने चोर दोष लाग्छ भन्ने जनविश्वास छ । टोल टोलमा बेलुका कुकुर भुक्न थालेपछि कौसीको कुनामा लिपपोत गरेर कमलको पात बिछ्याएर कमलको फूल, चथास्वाँ , अदुवाको विरुवा , आरुको बियाँ लगायत विभिन्न भुटेका गेडागुडी , समयबजी, लगायत चढाएर चन्द्रमालाई पूजा गरिन्छ ।

यो दिन पानी पर्‍यो भने दसैँमा पनि पानी पर्ने जनविश्वास छ । त्यस्तै चथा जुन बार पर्दछ , दसैँको महानवमी र नेपाल सम्वतको नयाँ वर्ष पनि त्यही बार पर्दछ ।

आजै गणेशको जन्म भएको विश्वासमा गणेश चौथी पनि मनाइन्छ । बिहानैदेखि विभिन्न गणेश मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायक, कमलादी गणेशको मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । कुनै पनि शुभ कार्य सुरु गर्नु भन्दा अघि गणेशको पूजा गरेमा काम सफल हुने विश्वासमा गणेशको पूजा गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया