Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

mahatकाठमाडाैँ – परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतसँग दक्षिण तथा मध्यएसियाका लागि अमेरिकी सहायकमन्त्री निसा देसाई विश्वालले आइतबार परराष्ट्र मन्त्रालय सिंहदरबारमा भेटवार्ता गर्नुभयो ।

सो भेटका क्रममा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको आपसी हित तथा सम्बन्धका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा नेपालमा गतवर्ष गएको शक्तिशाली भूकम्पका साथै नेपालको विकासका विभिन्न क्षेत्रमा विगत लामो समयदेखि अमेरिकाले पुर्याउँदै आएको सहयोगका लागि मन्त्री डा. महतले सराहना गर्नुभयो ।

भेटका क्रममा अमेरिकी सहायक मन्त्री विश्वालले अमेरिकालगायत विभिन्न देशमा पुनःस्थापनापछि नेपालमा बाँकी रहेका करिब १० हजार भुटानी शरणार्थीलाई नेपालले नै राख्ने प्रतिबद्धता गर्छ कि भन्ने जिज्ञासा राख्नुभएको थियो । परराष्ट्रमन्त्री डा महतले नेपालले मानवीय आधारमा भुटानी शरणार्थीलाई शरण दिएको र उनीहरुको हक अधिकारको सम्मान गर्दै आएको दोहार्याउँदै उनीहरु विना शर्त र ससम्मान आफ्नो देशमा जान पाउनुपर्ने नेपालको अडानमा अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग हुनुपर्ने बताउनुभयो ।

भुटानले आफ्ना नागरिकलाई विनाशर्त स्वदेश फर्किने वातावरण मिलाउनुपर्ने नेपालको पुरानै अडान रहेको मन्त्री डा. महतले स्पष्ट गर्नुभयो । साथै सो भेटका क्रममा अमेरिकी सहायक मन्त्री विश्वालले नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध थप विकसित गर्न एक द्विपक्षीय संयुक्त संयन्त्र निर्माणको प्रस्ताव गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया