Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

टोकियो – नेकपा माओबादी केन्द्रको जापानस्थित भातृसंगठनको रुपमा रहेको नेपाली जनप्रगतिशील मोर्चा जापानको टोकियो क्षेत्रीय अधिवेशनले सम्पूर्ण अधिकारीको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति गठन गरेको छ । Sampurna A

शनिवार टोकियोमा भएको एकता अधिवेशनले सर्बसम्मतरुपमा नयाँ कार्यसमिति गठन गरेको हो । यो कार्यसमिति गठन संगै तत्कालिन एमाओबादी र नेकपा माओबादीको (बादल समुह) बिच एकता भएको छ ।

अधिवेशनद्वारा गठित समितिको चारजना उपाध्यक्षहरुमा गोकर्ण वर्तौला, मदन थापा, शिक्षाशान्ति वाइवा र विश्व अधिकारी चयन हुनुभएको छ भने सचिवमा दावा शेर्पा, सहसचिवमा शिशिर न्यौपाने र मुना सुनार, कोषाध्यक्षमा अर्जुन ढकाल चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा प्रकाश ओली, हिमाल पौडेल, सविना घिमिरे, विवेक पाठक, प्रज्वल लामा, प्रमोद दाहाल, अनिल तामाङ, रञ्जन गौतम, नविन चन्द, दिपक खतिवडा, किरण रम्तेल, प्रताप गुरुङ, बिनोद ढकाल, मनदास (म्याकस) लामा, ध्रुव अधिकारी, मनोज अमगाई, रमेश यादव र बच्चुराम अर्याल रहनुभएको छ । थप ४ जना सदस्य पछि मनोनित गर्ने गरी कुल ३१ सदस्यीय कार्यसमिति निर्माण गरिने बताईएको छ ।

मौजुदा कार्यसमितिका उपाध्यक्ष लेखनाथ शर्माको सभापतित्वमा भएको अधिवेशनको बन्दसत्रले मोर्चाका पूर्व अध्यक्ष बेलु थापाको संयोजकत्वमा बाबुराम पौडेल र जनक सुबेदी रहेको निर्बाचन समितिले नयाँ कार्यसमिति गठन प्रक्रियालाई अगाडि बढाएको हो ।

अधिवेशन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मोर्चाका निवर्तमान केन्द्रिय अध्यक्ष अरुणकुमार श्रेष्ठले माओबादीहरुबीच भएको एकताले संसारभरिका माओबादी पंक्तिमा उत्साहको संचार गरेको विचार ब्यक्त गर्नुभयो । उहाँले पार्टी संगठनको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका थुप्रै जुझारु युवाहरुको संख्या जापानमा दिनप्रतिदिन बढ्दोक्रममा रहेकोले ती सबैलाई समेट्दै मोर्चालाई सशक्त बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । यसैगरी मोर्चाका पूर्व अध्यक्ष बेलु थापाले एकतासंगै संगठनलाई पुनर्जीवन दिई नयाँ उचाईमा पुर्‍याउन विगतका त्रुटीहरुबाट सिक्न जरुरी रहेको औंल्याउनुभयो ।

अधिवेशन समारोहमा मोर्चाको आउँदो १९ तारिख हुन गईरहेको केन्द्रिय अधिवेशन आयोजक समितिका सचिवालय सदस्यहरु डा. भूपालमान श्रेष्ठ, रामहरि पुँडासैनी, हवलचन्द्र लामा, बिश्वेश्वर रेग्मी, कालिका थापा, श्यामहरि पाण्डे, मोहन पौडेल, सल्लाहकारहरु नरबहादुर थापा, तिलक मल्ल, हिमाल भट्टराई, युपी प्याकुरेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । बोल्ने वक्ताहरुले मोर्चाको सांगठानिक सुदृढीकरणमा जोड दिएका थिए ।

नवगठित कार्यसमितिलाई सपथ ग्रहण गराउनुका साथै बधाइ दिईएको थियो । नवनिर्वाचित अध्यक्ष सम्पूर्ण अधिकारीले जापानमा मोर्चा नंवर एक संगठन हुनुपर्ने र त्यो पुरा गर्ने जिम्मेवारी आफुहरुमा आएकोले त्यो पुरा गरेरै देखाउने प्रतिबद्धता ब्यक्त गरे । अधिवेशन समारोहमा मौजुदा कार्यसमितिका सचिव सरोज धितालको स्वागत मन्तब्य रहेको थियो भने आधिराज लामाको सञ्चालन रहेको थियो ।

शिन ओकुबोस्थित टोकियो रोधी क्लवको सभाहलमा सम्पन्न मोर्चाको टोकियो क्षेत्रीय अधिवेशनमा चिवा, साइतामा, योकोहामा, गुन्मा, तोचिगी लगायतका टाढा टाढाका सहरबाट उत्साहजनक सहभागिता रहेको थियो ।

नेपाली जनप्रगतिशील मोर्चाको केन्द्रिय एकता अधिवेशन यहि आउँदो १९ तारिख टोकियोमा हुने भएको छ । देव गुरुङ, लिलामणि पोखरेल लगायतका केन्द्रिय नेताहरुको बिशेष उपस्थितिमा हुने अधिवेशनको तिब्र तैयारी भईरहेको मोर्चा स्रोतले जनाएको छ ।****

तपाईको प्रतिक्रिया