Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

कञ्चनपुर – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा पक्की पुलको निर्माण पाँच महिनाभित्रै सुरु हुने बताउनुभएको छ । शनिबार नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा महाकालीमा पक्की पुलको निर्माण पाँच महिनाभित्रै सुरु हुने बताउनुभएको हो ।

ramesh

उहाँले महाकालीमा चार लेनको मोटर चल्ने पुल निर्माणको डिपिआर तयार भइसकेको र सरकारले स्वीकृत समेत गरिसकेकाले पाँच महिनाभित्र टेण्डर आह्वान गरेर पुल निर्माणको काम सुरु हुने बताउनुभएको हो ।

फरक प्रसंगमा मन्त्री लेखकले नयाँ संविधानमा देखिएका असन्तृष्टीलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने भन्दै वर्तमान सरकार त्यसमा लागि परेका बताउनुभयो ।

तपाईको प्रतिक्रिया