Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

म्याग्दी – म्याग्दीमा शुक्रबार रातिदेखि खसेको पहिरोमा परि एक जना बेपत्ता भएका छन् । दुई घर पुरिएको छ । शुक्रबार राति पश्चिम म्याग्दीको देवीस्थान–५ घरथोकमा भगबहादुर घर्ती र करिमा बुढाको घर पहिरोले पुरिएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

पहिरोमा पुरिएर एकजना बेपत्ता भएको जानकारी आए पनि पुष्टी नभएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक उपेन्द्रपुरुष तिमिल्सिनाले बताउनुभयो । उहाँको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलतर्फ गएको छ ।

क्षतिको विवरण अहिलेसम्म थाहा हुन नसकेको म्याग्दीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताउनुभयो । शुक्रबार बेलुकादेखि नै गडगडाहटसहित जिल्लाको पश्चिम क्षेत्रमा भारी वर्षा भएको छ । अहिले म्याग्दी सदरमुकाम बेनी आसपासलगायत धेरै ठाउँमा पानी परिरहेको छ ।

तपाईको प्रतिक्रिया