Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

ताप्लेजुङ – पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका तीन जनाको मृत्यु । एक जना वेपत्ता भएका छन् भने एक जना घाइते छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति र्पुयाएको छ ।पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमति विमला मगर छोराहरु मनोज र ललित मगरको मृत्यु भएको छ ।

घर माथिबाट झरेको पहिरोले घर पुर्दा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । उद्धारमा खटिएको सुरक्षा निकायले उनीहरुको शव निकालेको जनाएको छ । पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालीका ८ कि माइली लिम्बुनी बेपत्ता हुनुभएको छ भने कान्छी लिम्बु घाइते हुनुभएको छ ।

पहिरोले ताप्लेजुङ नगरपालीका ८ दोखुमा सबैभन्दा बडि घरमा क्षति र्पुयाएको छ । यस्तै ताप्लेजुङ नगरपालीका २ केनिममा १२ भन्दा बढि सदरमुकाम नजिकै कफिहाउस मा १० र हेलिप्याड नजिकै तीन घरमा क्षति पुगको छ ।

ताप्लेजुङ नगरपालीका ८ मा विभिन्न स्थानमा ठूलो पहिरो गएकाले केहि स्थानीय पहिरोमा फसेकाले उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् । यसैवीच दर्जैनौ स्थानमा गएको पहिरोका कारण मेचि राजमार्गको पाँचथर ताप्लेजुङ सडक खण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया