Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाली क्रिकेटमा देखिएको पछिल्लो बिबाद समाधानका लागि आईसीसीका कार्यकारी प्रमुख सहित उच्च पदाधिकारीको नेपाल आउदैछ । एसोसिएट प्रमुख ईमरान ख्वाजा र डेभलोपमेन्ट अफिसर अमर शेख आज र आईसीसीका सिइओ डेभिड रिर्चाडशन भोली नेपाल आई पुग्ने बताईएको छ ।

55

एसोसिएट प्रमुख ख्वाजा र अफिसर शेख आज राती नेपाल आईपुग्ने कार्यक्रम छ । टोलीले नेपाली क्रिकेटका सरोकारबाला निकायसंग छलफल गरी ठोस निर्णय भने आईसीसीको बोर्ड बैठकबाट गर्नेछ ।

९ जनाको सदस्य रहेको टोलीका केही सदस्य यसअघि नै नेपाल आईसकेका छन् । आईसीसीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुद मन्त्री दलजित श्रीपाईलीसंग भेट गर्नेछ । पछिल्लो समय नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि आईसीसीले दोश्रो पटक नेपाली क्रिकेटको समस्या समाधानमा चाँसो राखेको हो ।

तपाईको प्रतिक्रिया