Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्व, २०७३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, हर्षोल्लास, आपसी एकता र पारिवारिक सद्भाव कायम होस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यस पर्वमा नेपाली नारीहरूले आफ्नो सौभाग्य र समृद्धिका लागि ब्रत बस्ने, गीतमार्फत आफ्ना पीडा एवम् वेदना पोख्दै नाचगान तथा रमाइलो गर्ने र आकर्षक कपडामा सजिएर भगवान् शिव–पार्वतीको पूजा आराधना गर्छन् ।

राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘‘बहुजाति, बहुभाषा, बहुसंस्कृति विविधतायुक्त हाम्रो मुलुकमा यी र यस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पु¥याइरहेको तथा एकआपसमा खुसी र मनोरञ्जन साटासाट गर्ने अवसर समेत प्रदान गरेका छन् । ’’

तपाईको प्रतिक्रिया