Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

एजेन्सी – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर सर्जियो अग्युरोमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । फुटबल एसोसिएसन एफएले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति वेष्ट ह्यामसँगको खेलमा हिंसात्मक गतिविधि गरेको आरोपमा दोषी ठहर गर्दै उनलाई तीन खेलको प्रतिबन्ध लगाएको हो ।

_91010965_aguero

खेलको ७५ औं मिनेटमा अग्युरो वेष्ट ह्यामका विनस्टन रिडसँगको ट्यकलमा थिए । अग्युरोले रिडको अनुहारमा आफ्नो कुहिनोले हाने । रेफ्रि आन्द्रे मेरेनाले नजिकै रहेर पनि अग्युरोले रिडलाई हानेको देखेनन् ।

एफएले भिडियो फुटेज हेरेर अग्युरोमाथि आरोप दर्ता गरेको थियो । यो आरोप प्रमाणित भएपछि अग्युरोमाथि तीन खेलको प्रतिबन्ध लागेको हो । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र बोर्नमाउथसँगको खेलमा तथा इएफएल कपको तेस्रो चरण अन्तर्गत स्वान्सीसँगको खेलमा पनि अग्युरो मैदान बाहिर हुने छन् ।

तपाईको प्रतिक्रिया