Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

फिलिपिन्स– फिलिपिन्सको दक्षिणी शहर डावाओमा भएको बम आक्रमणमा परि कम्तिमा १२ जनाको ज्यान गएको छ । राष्ट्रपति रोड्रिगो डुटरेटको गृहनगर डावाओको व्यस्त बजारमा बम विस्फोट भएको हो ।

44

रातिको समयमा भएको विस्फोटमा परि ३० जना भन्दा धेरै घाइते भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विस्फोटको कारण पत्ता लागेको छैन भने अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् ।

राष्ट्रपति रोड्रिगो गृहनगर डावाओको भ्रमणमा रहेका बेला विस्फोट भएको हो । राष्ट्रपति रोड्रिगोलाई भने केही भएको छैन । यो वर्षको सुरुमा रोड्रिगो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

त्यसअघि उहाँ २० वर्षसम्म डावाओको मेयर रहनु भएको थियो । विस्फोटपछि डावाओको चारैतर्फ प्रहरी तैनाथ गरिएको र सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया