Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

टोकियो – दिन ढल्कदैं थियो तर झम्के साँझ परिसकेको थिएन, टोकियोमा नेपालीहरुका अधिकाँश कार्यक्रम हुने हल मध्यको एक इकेगामी हलमा राताम्मे सारी लगाएका नेपाली चेलीहरुको आगमन बिस्तारै बढ्दै थियो । तर पूर्वघोषित समयले भने नेटो काटीसकेको थियो यद्यपि आयोजक पक्ष कार्यक्रम सुरु गर्न अझै आनीकानी गर्दैथिए । यतिकैमा स्टेजबाट ढिलाई प्रति क्षमायाचना गर्दै कार्यक्रम सुरु भएको उदघोष गरियो ।
Mass 3माथिको दृश्य हो गल्कोट समाज जापानको शुक्रवार टोकियोमा भएको दोस्रो दिनको तीज कार्यक्रमको । उक्त कार्यक्रममा तीज मनाउन भेला भएका सयौं नेपाली चेलीहरुलाई नेपालबाट आएका कलकारहरु पूर्णकला बिसी, रिता केसी र लक्ष्मी मल्लले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । उनीहरुले दर्जनौ तीजका भाकामा भाका हाल्दा आफ्ना माइतीको आँगनभन्दा सात समुद्रपारि बिदेशको बिराना बस्तीमा रहेका चेलीहरु मन फुकाएर छमछमी नाचेका थिए र माइतीघरको प्यास मेटाएका थिए ।

गल्कोट समाजको टोकियो क्षेत्रीय कमिटीले आयोजना गरेको तीज मेला नाम दिईएको तीज बिशेष कार्यक्रमको प्रमुख अतिथि एवं गल्कोट समाज जापानका केन्द्रिय अध्यक्ष नरबहादुर थापाले पानसमा बत्ति बालेर उदघाटन गर्नुभएको थियो । उदघाटन मन्तब्यमा उहाँले गल्कोट समाज जापानले नेपाली नारीहरुको महान पर्व तीजमा हरेक वर्ष नेपालका चर्चित कलाकारहरु आमन्त्रण गरी तीज कार्यक्रम गर्दै आएको बताउनुभयो । गल्कोट समाजले आयोजना गरेको हरेक कार्यक्रमलाई सफल पार्न सिंगो गल्कोटबासीहरु मात्र नभएर जापानबासी नेपालीहरुबाट रहँदै आएको साथ र सहयोगप्रति कृतज्ञता ब्यक्त गर्नुभयो ।

कार्यक्रमका बिशेष अतिथिहरु गल्कोट समाज जापानका वरिष्ठ केन्द्रिय उपाध्यक्ष दिलु खत्री, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, जापानबाट एनआरएन आइसीसीका लागि महिला प्रतिनिधि कालिका थापा लगायतले हरितालिका तीजको शुभकामना दिनुभएको थियो । बोल्ने बक्ताहरुले पर्व मनाउने र संस्कार जोगाउने नाममा जापानको चरम ब्यस्तता र महंगीमा तीज भड्किलो बन्दै गएकोप्रति चिन्ता ब्यक्त गर्दै समयमै सबै सजग हुनुपर्नेमा जोड दिएका थिए । महिलाहरुको सहभागिता र सक्रियता जापानमा मनोरञ्जनमा मात्र केन्द्रित नभएर सामाजिक अभियानमा पनि आवश्यक रहेको बक्ताहरुको धारणा थियो । टोकियो क्षेत्रीय कमिटीका अध्यक्ष निमबहादुर खड्काको सभापतित्वमा भएको साँगीतिक समारोहमा उपाध्यक्ष गोरख भण्डारीको स्वागत मन्तब्य रहेको थियो ।

कलाकारहरुको स्वागत तथा सम्मानबाट सुरु भएको साँगीतिक कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुका अतिरिक्त स्थानीय गायक बिनोद भण्डारी, फरक तीज कार्यक्रमका लागि जापानमै रहेका गायकद्वय प्रकाश कटुवाल र बैकुण्ठ महतको पनि तीज बिशेष साँगीतिक प्रस्तुतीहरु रहेको थियो ।

कार्यक्रमको औपचारिक चरणको टोकियो क्षेत्रीय कमिटीका सचिव लक्ष्मण कार्कीको र साँगीतिक चरणमा गायक तथा सर्जक रामकृष्णबम मल्लको सञ्चालन रहेको थियो । डिजे जोन छन्त्यालको ध्वनी संयोजन रहेको सो कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, प्रायोजक, ब्यवसायी, पत्रकार तथा सर्बसाधारणहरुको उल्लासमय उपस्थिति रहेको थियो ।

गल्कोट समाजको पहिलो दिन हिजो बिहीबार नागोयामा तीज बिशेष कार्यक्रम भएको थियो ।***

 

तपाईको प्रतिक्रिया