Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

इटहरी –नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले निलो पहिरनमा सजिएका तरुण युवाको दस्ताले सङ्गठित भएर अघिबढे देश आमूल परिवर्तन एवम् विकास सम्भव हुने कुरामा जोड दिनुभएको छ ।

Balkrishna-Khand
नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएका रक्षामन्त्री खाँणले आज सुनसरी तरुणको धरानमा आयोजित चौथो जिल्ला अधिवेशन समारोहको उद्घाटनपछि बोल्नुहुँदा सो कुरा बताउनु भएको हो । रक्षामन्त्री खाँणले स्व बिपी र गिरिजाप्रसाद कोइरालाको राजनीतिक कर्मभूमि सुनसरी अनि भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी आफैँमा उच्च सम्मानित जिल्ला भएको टिप्पणी गर्नुहुँदै उहाँले बिपीले अघि सार्नुभएको प्रजातान्त्रिक समाजवादको सिद्धान्तअनुसार देशलाई अघि बढाउन तरुण युवा फेरि सक्रिय भएर अघि बढ्न जरुरी रहेकोमा जोड दिनुभएको थियो ।

बिपीले अघि सार्नुभएको विचारको स्मरण गराउनुहुँदै रक्षामन्त्री खाँणले भन्नुभयो, “महामानव बिपीले १५ वर्ष देशमा शासन चलाउने जिम्मेवारी पाउनुभएको भए देश साँच्चै सबै नेपालीले समृद्ध भएको अनुभूति गर्नसक्ने अवस्थामा पुगिसक्ने थियो ।”

रक्षामन्त्री खाँणले अब नेपाली काँग्रेसभित्र कुनै गुटउपगुट र विभाजित मनस्थिति नभएको तथा त्यस्तो नहोस् भनेर आफूले पार्टीको सभा र बैठकमा विभाजित मन लिएर नबस्न कडाइका साथ कुरा उठाउँदै आएको जानकारी दिनुहुँदै तरुण दलको यो चौथो जिल्ला अधिवेशनले पनि कोही कसैको गुट वा समर्थक बनेर होइन तरुण दल नै भएर सर्वसम्मत नेतृत्व छनोट गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

अधिवेशन उद्घाटन समारोहमा काँग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा, सांसद रामहरि खतिवडा, सीताराम मेहता, काँग्रेस सुनसरी सभापति राजीव कोइराला, राजीव ढुङ्गाना, ट्रेड युनियन काँग्रेस सभापति खिलाराज दाहाल, विद्यार्थी नेता लक्ष्मी खतिवडा, तिलक राई, विकास केसी, सन्दीप श्रेष्ठ र सरस्वती शाहलगायतले बोल्नुभएको थियो । अधिवेशन उद्घाटन समारोह तरुण दल अध्यक्ष सिजन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया