Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले प्रधानमन्त्रीको भारत र अमेरिकाको भ्रमण लगत्तै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।

Chakrapani-Khanal-Baldev

शुक्रबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा खनालले भन्नुभयो, ‘हाम्रो चाहना त प्रधानमन्त्रीज्यू भारत भ्रमणमा जानु अघि नै संविधान संशोधन प्रक्रिया अघि बढाउने थियो, तर त्यसो हुन सकेन, अब उहाँ भारत र संयुक्त राष्ट्रसंघको भ्रमण सकेर फर्किए लगत्तै संशोधन प्रक्रिया अघि बढाउँछौं ।’उहाँले अहिले संशोधनबारे बहस जारी रहेकोले केही समय लाग्ने भएकाले प्रधानमन्त्री भारत जानुपुर्व उक्त प्रक्रिया अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो ।

‘मधेसको मुद्दा सम्बोधन गर्नुपर्छ, हाम्रो पार्टीले त पहिलेदेखि नै यो विषयमा गम्भीर रुपमा कुरा उठाउँदै आएको छ, कांग्रेसले पनि यही कुरा भनेको छ ।’ खनालले संविधान संशोधन प्रक्रिया अघि बढाउने विषयमा प्रमुख राजनीतिक दलहरुबिच छलफल जारी रहेकोले चाँडै निश्कर्षमा पुगिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधान कार्यान्यवयनको लागि पनि माघ ७ भित्रै तीन वटै निकायको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गर्दै फागुण अन्तिमसम्म स्थानीय निकायको चुनाव हुने बताउनुभयो । ‘स्थानीय निकायको चुनावको लागि अहिले तयारी भैरहेको छ, दलहरुबिच सम्वाद जारी छ, संख्याको विषयमा केही मतमतान्तर छन्, हामी दलीय सहमतिबाट नै अघि बढ्छौं ।’

स्थानीय निकाय पुर्नसंरचना आयोगले अघि सारेको संख्यामा केही तलमाथि हुने बताउँदै खनालले दलीय सहमतिबाट आयोगलाई सुझाव सरकारले दिने जनाउनुभयो । ‘आयोगको प्रारम्भिक अवधारणा हामीले हेर्यौं, यो संख्या अलिक थोरै भयो भन्ने हामीलाई लागेको छ, हामी सुझाव दिन्छौं ।’ उहाँले आयोग र सरकारबिच त्यस्तो कुनै असमझदारी नरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया