Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि वर्तमान सरकार पूर्ण क्रियाशीलताका साथ लागिपरेको बताउनुभएको छ । अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आन्तरिक राष्ट्रिय एकताको सम्बद्र्धन गर्दै सबै वर्ग तथा क्षेत्रलाई एकतामा ल्याउने र संविधानको कार्यान्वयन गर्न सरकारले सबै उपाय अवलम्बन गरेको बताउनुभयो ।

k|d u[xdGqfnosf] sfo{qmddf k|wfgdGqL k'iksdn bfxfn ;+ljwfg lbj; d"n ;df/f]x ;ldltåf/f a'waf/ u[xdGqfnodf cfof]lht sfo{qmddf ;Daf]wg ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

मुलुकभित्रका तमाम समस्यालाई समाधान गर्दै आर्थिक समृद्धिको विकास तथा विस्तार गर्नु वर्तमान सरकारको प्रमुख दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारत र चीनजस्ता ठूला र उदाउँदा आर्थिक शक्ति सम्पन्न मुलुकसँग मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो – “भारत र चीनको बीचमा तीव्र विकासबाट लाभ लिएर नेपालले आफ्नो समुन्नतिको मार्गप्रशस्त गर्नुपर्छ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।”

मुलुकको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने महत्वपूर्ण समुदाय मारवाडी नै भएकाले मुलुक निर्माणको दिशामा लाग्न प्रधानमन्त्रीले मारवाडी समुदायलाई आग्रह गर्नुभयो ।
सांस्कृतिक, सामाजिक र आर्थिक रुपमा मारवाडी समुदाय आर्थिक विकास र गतिविधिमा केन्द्रित रहेको विषय पुष्टि भएको भन्दै उहाँले आगामी दिनमा थप सहयोगको कामना गर्नुभयो । नेपालको संविधानले समेट्न बाँकी रहेका केही विषयलाई संविधान संशोधनमार्फत समेट्ने प्रयासमा आफूहरु रहेको प्रधानमन्त्रीको धारणा थियो ।

कार्यक्रममा केन्द्रले मुलुकलाई सवल र सक्षम नेतृत्व गर्न र राष्ट्रिय समस्या समाधानमा पूर्णरुपमा क्रियाशील भएर लाग्न आग्रह गर्दै प्रधानमन्त्री दाहाललाई सम्मान गरेको थियो ।
केन्द्रका अध्यक्ष महेशकुमार चौधरी, उद्योगी वसन्तकुमार चौधरी, राजेन्द्र खेतानलगायतले आर्थिक विकासका लागि सरकारले तत्काल अपनाउनुपर्ने विभिन्न कदमका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

सामाजिक सेवामा क्रियाशील अग्रवाल सेवा केन्द्र २०४७ सालमा स्थापित सामाजिक संस्था हो । केन्द्रले निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क खानेपानी सेवा, स्वास्थ्य शिविर, बाढी पहिरोपीडितलाई सहयोग, निःशुल्क खानेपानी सेवा, बृहद् रक्तदान कार्यक्रमजस्ता सामाजिक काम गर्दै आएको सो अवसरमा जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया