Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले हरियो नम्बरप्लेटका सवारी साधनमा गैरपर्यटक बोक्न नपाइने बताउनुभएको छ । पर्यटन पत्रकार सङ्घ (जाट) नेपालले आज काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा महानिर्देशक श्रेष्ठले पर्यटक र गैरपर्यटकको स्पष्ट पहिचान गरी आवतजावत गराउनुपर्ने बताउनुभयो ।

44

“निजी सवारीले पर्यटकलाई बोक्न पाउँनुहुँदैन्  कानुनमा स्पष्ट लेखिएको छ, बोकेमा कारबाही हुन्छ,” उहाँले भन्नुभयो– “सरकारले अब व्यावसायिक सवारी र निजी सवारी भनी उल्लेख गर्न लागेको छ ।” दर्ताको नाममा सहुलियत लिने र नाफा कमाउन लागेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी घरबाट निस्केर केही पैसा खर्च गर्ने व्यक्ति पर्यटक भएको बताउनुहुन्छ । आवश्यक मात्रामा पर्यटक बसको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

11

टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान)का अध्यक्ष श्रीकान्त आचार्यले पर्यटक र गैरपर्यटकलाई स्पष्ट रुपमा छुट्याउनुपर्ने बताउनुभयो । पर्यटकीय सवारीसाधनले आन्दोलनको समयमा समेत सेवा दिएको र अहिले स्वेदशी पर्यटकलाई बोक्न पाउँदैन भन्नु उचित नभएको उहाँ बताउनुहुन्छ । सोसाइटी अफ ट्राभल एजेन्सी (सोट्टो) नेपालका अध्यक्ष ज्ञानबहादुर खड्काले आन्तरिक र विदेशी दुबै पर्यटक भएकाले पर्यटकीय बसमा पनि स्वदेशी पर्यटक बोक्न पाउनुपर्ने बताउनुभयो । उहाँले पर्यटकीय सवारी साधनलाई एम्बुलेन्स सरहको सुविधा दिन माग गर्नुभयो ।

नेपाल पर्यटन यातायात व्यवसायी सङ्घका अध्यक्ष साङ्गे लामाले विस २०३७ देखि रातो नम्बरप्लेटमा सेवा दिएको अवस्थामा अहिलेमात्र हरियो नम्बरप्लेटमा सेवा दिए पनि यथेष्ट रुपमा सञ्चालन गर्न नसकेको स्पष्ट पार्नुभयो । उहाँले पर्यटक धेरै र हरियो नम्बरप्लेटको कमी भएको अवस्थामा रातो नम्बरप्लेट समेत सञ्चालन गर्न पाउनुपर्ने बताउनुभयो ।

ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)का महासचिव कर्ण लामाले पर्यटकीय सवारी साधनको अभाव भएको समयमा रातो नम्बरप्लेट सञ्चालनमा ल्याउन पाउनुपर्नेमा जोड दिनुभयो । नेपाल एसोसियन ‘टुर एन्ड ट्राभल्स एजेन्सी’ (नाट्टा)का अध्यक्ष मधुसुधन आचार्य पर्यटन ऐन २०३२ मा स्वदेशी र विदेशी दुबैलाई पर्यटकीय मान्यता दिएकाले नेपालीलाई रोक्न नपाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया