Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

Min Bahadur sharesthaकाठमाडौं – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीन बहादुर श्रेष्ठ नियुक्त हुनु भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बै‌क‌‌‌का कार्यकारी निर्देशक श्रेष्ठलाई नियुक्त गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

नवनियुक्त उपाध्यक्ष डा. श्रेष्ठले साढे ४ वर्ष राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यकारी निर्देशक र त्यसपछि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी सम्हालि सक्नु भएकाे छ । पछिल्लो समयमा उहाँले राष्ट्र ऋण व्यवस्थापन विभागमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनु भएकाे थियाे ।

नेपालबाट एमपीए, बेलायतबाट एमबीए र अष्ट्रेलियाबाट अर्थशास्त्रमा विद्यावाधिरि गर्नुभएका डा. श्रेष्ठ नेपाल राष्ट्र बैंकमा भने झण्डै तीन दशकदेखि कार्यरत हुनुहुन्छ ।

त्यस्तै, प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेल नियुत्तः हुनुभएको छ भने परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारी नियुक्त हुनुभएको पनि मल्लले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभा निर्वाचनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

 

तपाईको प्रतिक्रिया