Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – नयाँ शक्ति नेपालको शिक्षा, विज्ञान तथा प्रविधि विभागले शिक्षा क्षेत्रमा देखिएका समस्याको समाधान गर्नुपर्ने भन्दै विभिन्न १८ बुँदे माग सार्वजनिक गरेको छ ।

विभागले बिहीबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै शिक्षा क्षेत्रका सकारात्मक पक्षहरुको आत्मासाथीकरण र समस्याहरुको सकारात्मक समाधानको लागि भन्दै सरकारको ध्यानाकर्षण गराउन विभिन्न १८ बुँदे माग अघि सारेको हो ।

मागहरु शिक्षालाई विज्ञान प्रविधि–मैत्री बनाउनुपर्ने, विद्यालयलाई अनुसन्धानमुखी, व्यवासायिक बनाउनुपर्ने, विश्वविद्यालयको खाली जमिनलाई सदुपयोग गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट कम्तिमा २० प्रतिशत पुर्याउनुपर्ने, १० औं प्रकृतिका शिक्षकहरुको प्रावधान खारेज गर्नुपर्ने, मदरशा, गुम्बा, गुरूकुल विद्यालयहरुको सेवा सुविधा अरु विद्यालय सरह गर्नुपर्ने लगायत छन् ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका प्रमुख डा. राजेन्द्र केसीले नेपालको शिक्षा पद्धतिमा खिया लागेको बताउनुभयो । उहाँले विश्वलाई जित्ने खालको नयाँ नीति र आमुल परिर्वतनको शिक्षा प्रणाली अहिलेको खाँचो रहेको बताउनुभयो ।

डा. केसीले शिक्षामा लगानी गर्न सरकार चुकेको बताउँदै शिक्षा क्षेत्रमा मात्र कुल वजेटको २० प्रतिशत लगानि गर्नुपर्ने सुझाव दिनुभएको छ । ‘हामीले वर्षौदेखि शिक्षक बनाउने, ईन्जिनियर बनाउने, डाक्टर बनाउने सपना देखेर शिक्षामा लगानी र चासो राख्यौँ तर त्यतिले मात्र विश्व दुनियासँग प्रतिष्पर्धा हुन सक्दैन’ उहाँले भन्नुभयो ।

अर्को प्रसंगमा उहाँले विद्यमान परिक्षा प्रणाली अवैज्ञानिक रहेको र नितिगत परिवर्तन गर्नुपर्ने बताउनु भयो । ‘वर्षभरि पढिएका कुराहरूको मूल्यांकन केवल तीन घण्टा भित्र लिने गरिएको छ यो निक्कै अवैज्ञानिक छ, हाम्रो चाहाना र अबको आवश्यकता हाम्रो देशमा निर्माण भए गरेका कुनै पनि कुराहरू विश्व बजारमा बिक्न सक्ने हुनुर्छ भन्ने छ ।’

तपाईको प्रतिक्रिया