Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

सिन्धुली – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दलहरुको सत्ता लोभले गर्दा देश सङ्कटमा परेको बताउनुभएको हो ।

Kamal-Thapa-800x445

सदरमुकाम सिन्धुलीमाढीमा राप्रपा नेपाल सिन्धुलीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले लामो समयदेखि सङ्क्रमणबाट गुज्रेको देश संविधान निर्माणपछि जनताको अपेक्षानुसार अगाडि बढ्न नसकेको बताउदै संविधान कार्यान्वयन गर्दै सङ्क्रमणको अन्त्य गर्न अगाडि बढ्नुपर्नेमा राजनीतिक दलहरु फेरि सत्ता केन्द्रित खेलमा लागेको आरोप लगाउनभयो ।

बर्दिवास – अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हुने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधान निर्माणका बेला लोकतान्त्रिक प्रक्रियालाई मानेर मात्र हामीले आफ्ना कुरा थाति राखेका थियौं, अहिले सत्तारुढ दल र मधेसकेन्द्रित दलले संविधान संशोधनको कुरा उठाएका छन्, संशोधनमा हाम्रा माग पनि समेटिनुपर्यो ।”

अध्यक्ष थापाले सत्तारुढ दलले चाहेजस्तो संशोधन प्रस्ताव दर्ता गरेपछि त्यसको अध्ययनको आधारमा आफ्नो पार्टीले धारणा बनाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया