Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवको समारोहमा सहभागी हुन नेपालको औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले परराष्ट्रमन्त्री प्रकासशरण महतसँग आज उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । दुवै मन्त्रीले आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा सहकार्य अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री महतले संविधान कार्यान्वयन तथा आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप वर्तमान सरकारले काम गर्दै आएको बताउनुभएको थियो भने भूकम्पपछिको पुनःनिर्माण तथा आर्थिक विकासका प्रयासबारे राज्यमन्त्री किसाइले जिज्ञासा राख्नुभएको पनि उक्त मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया