Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

कोरिया– उत्तर कोरियाले उच्च बरियताका एक मन्त्रीलाई मृत्युदण्ड दिएको दक्षिण कोरियाका सरकारी अधिकारीले बताएका छन् । उत्तर कोारियाले गएको महिना शिक्षा मन्त्री किम योङ जिनलाई मृत्युदण्ड दिएको दक्षिण कोरियाको मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दक्षिण कोरियाका अधिकारीले यसबारेको जानकारी कसरी प्राप्त गरेको भन्ने खुलाएका छैनन् ।

north-korea-1

गएको मेमा उत्तर कोरियाको सेनाका प्रमुखलाई मृत्युदण्ड दिएको खबर आएको थियो । तर उनी पछि एक सार्वजनिक कार्यक्रममा सहभागी भएको देखिएको थियो । सेना प्रमुख रि योङ गिललाई फेब्रुअरीमा मृत्युदण्ड दिएको खबर मेमा सार्वजनिक भएको थियो । तर उनी पछि उत्तर कोरियाको पार्टी कंग्रेसमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया