Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकबाट ‘नेपाल स्काउट (दोस्रो संशोधन) विधेयक, २०७१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । युवा तथा खेलकुदमन्त्री दलजीत विके श्रीपालीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रीपालीले सांसदहरुका सुझावका आधारमा विधेयक पारित गर्ने हुने विश्वास व्यक्त गर्नुभयो । अब सो विधेयक छलफलका लागि सम्बन्धित समितिमा जानेछ ।

सांसद प्रेम सुवालले स्काउटले विगतमा साम्रज्यवादीको जासुसी गरेको भन्दै अब यसलाई जनताको सेवा गर्ने थलो बनाउनुपर्नेमा जोड दिनुभयो । निषाकुमारी साहले सङ्घीय ढाँचामा स्काउटको संरचना बन्नुपर्ने माग गर्नुभयो ।

सांसद आनन्दी पन्तले सो विधेयकलाई खेलकुद मन्त्रालयमातहत नभई शिक्षा मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने बताउनुभयो ।  संसद्को अर्काे बैठक यही भदौ १६ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया