Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

एजेन्सी – जन्मिदा पेट जोडिएका जुम्ल्याहा बालिका विद्यालय जाने तयारीमा छन् । सन् २०१२ मा पेट जोडिएको अवस्थामा जन्मिएका बेलायतको लण्डनका जुम्ल्याहा दिदी बहिनी रोजी र रुबी फरमोसा विद्यालय जाने तयारीमा छन् ।

1

रोजी र रुबी जन्मिदा पेट जोडिएको थियो र बाच्ने सम्भावना २० प्रतिशत मात्रै थियो । डाक्टरले जन्मेलगतै आकस्मिक शल्यक्रिया गरेर उनीहरुलाई छुट्याएका थिए । चार वर्षका रोजी र रुबी विद्यालय जाने कुराले निकै उत्साहित भएको आमा एन्जेला फरमोसाले बताउनुभयो ।

2

चार वर्ष अघि दुई छोरी जन्मिदा उनीहरु विद्यालय जान सक्छन् भन्ने आफूले नसोचेको उहाँको भनाई छ । छोरीहरुमा दुर्लभ स्वास्थ्य अवस्था रहेको थाहा पाएपछि श्रीमान डानिएल फरमोसा र आफ्नो मुटुनै चुडिए जस्तो भएको एन्जेलाले बताउनुभयो । तर चिकित्सकको कुसलताले आफ्ना दुई छोरी बाच्न सफल भएको उहाँको भनाई छ ।

 3

रोजी र रुबीमा हरेक दुई लाख बालबालिकाको जन्ममा एकमा मात्रै यस्तो समस्या देखिने गरेको चिकित्सकले बताएका छन् । रोजी र रुबी चार वर्षअघि लण्डनको युनिभर्सिटी कलेज हस्पिटलमा जन्मिएका हुन् । जन्मिएको केही घण्टामै उनीहरुलाई लण्डनको ग्रेट ओरमोण्ड स्ट्रिट हस्पिटल लगेर आकस्मिक शल्यक्रिया गरिएको थियो । रोजी र रुबी आउँदो सेप्टेम्बरदेखि विद्यालय जाने छन् ।

4

तपाईको प्रतिक्रिया