Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

महेन्द्रनगर – कन्चनपुरमा नेपाल भारत सीमामा रहेको महाकाली पुलमा साढे ४ किलो चरेसहित ३ जना नेपाली पक्राउ परेका छन् ।

४ किलो ६ सय ग्राम चरेससहित कोहलपुरकी शान्ति बुढाथोकी, विमल घर्तीमगर र कञ्चनपुरको भीमदत्त नगरपालिकाको खैरभट्टीका लक्ष्मण सुनारलाई भारतीय सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो ।

महेन्द्रनगरबाट बनबासा जाँदै गरेका बेला उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकी शान्ति बुढाथोकीले दाङ कोहलपुरका बिमल घर्तीमगरले १० हजार रुपैयाँ दिने भन्दै चरेस ओसार पसार गर्न लगाएको बताएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय गड्डाचौकीका अनुसार उनीहरुलाई एसएसबीले पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएकाले अब कारवाही प्रक्रिया पनि भारतमै अघि बढ्ने छ ।

तपाईको प्रतिक्रिया