Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – व्यक्तिलाई बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवस मंगलबार  विभिन्न कार्यक्रम गरी मनाईंदै छ । नेपालमा पनि मानवअधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै छन् ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न आयोगनै गठन गरेको छ । आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न तयार गरेको निर्देशिका लागु भइसकेको छ ।

आयोगमा सोमबारसम्ममा २८ सय ६४ जना बेपत्ता व्यक्तिको खोजबिनको लागि उजुरी दर्ता भएका छन् । १० वर्षे सशस्त्र द्वन्द्वका बेला सुरक्षा निकाय र द्वन्द्वरत पक्षबाट बेपत्ता पारिएका व्यक्तिको खोजी अझैसम्म हुन नसक्दा बेपत्ता पारिएका व्यक्तिको परिवारमा मनोसामाजिक समस्या परेको मानवअधिकारवादी संघसंस्थाले जनाएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएकामध्ये ८ सय ४२ जनाको अवस्था अहिलेसम्म पनि थाहा हुन सकेको छैन । आयोगले विज्ञप्ती निकालेर सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न सरकारलाई निर्देशन पनि दिएको छ ।

तपाईको प्रतिक्रिया