Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

खोटाङ – जिल्ला अस्पताल खोटाङको भिडियो एक्स–रे मेसिन बिग्रिएपछि गर्भवती महिला गर्भजाँच गराउनबाट वञ्चित भएका छन् । झण्डै तीन महिना अघि विद्युतको हाइभोल्टेजका कारण अस्पतालको भिडियो एक्स–रे मेसिन बिग्रिएपछि गर्भवतीले गर्भजाँच गराउन पाएका छैनन् ।

गर्भमा भएको बच्चाको स्थितिका विषयमा जानकारी लिन नपाउँदा गर्भवती महिला समस्यामा परेका छन् । बिग्रिएको भिडियो एक्स–रे मेसिन नेपालमा मर्मत नहुने भएकाले तत्काल मर्मत गरेर सेवा सुरु गर्न नसकिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो ।

अस्पतालमा भिडियो एक्स–रे नभएपछि गर्भवती महिला जोखिम मोलेर बच्चा जन्मने महिना कुर्न बाध्य भएका छन् । भिडियो एक्स–रे मेसिन बिग्रिएपछि विभाग तथा दाता समक्ष नयाँ मेसिन उपलब्ध गराउन आग्रह गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया