Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – व्यवस्थापिका-संसद्ले पूर्व सांसद बालाराज कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले पूर्व कार्कीको निधनप्रति एक मिनेट मौनधारण गर्नुका साथै उहाँको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । पूर्व सांसद कार्कीको यही भदौ १० गते उपचारका क्रममा ८३ वर्षको उमेरमा राजधानीमा निधन भएको थियो । विसं २०१७ देखि नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका उहाँ २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।
पूर्व सांसद कार्की २०३१ सालबाट भारत प्रवास बसी स्व गिरिजाप्रसाद कोइरालासँग २०३७ सालमा आममाफीपश्चात् स्वदेश फर्कनुभएको थियो ।
संसद् बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया