Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रको बारेमा संसदमा जानकारी गराउन माग गरेको छ ।

व्यवस्थापिका संसदको बैठकमा समय माग गर्दै एमाले सांसद भीम रावलले भारतीय प्रधानमन्त्री मोदीलाई सरकारले पठाएको सामान्य भनिएको पत्रमा लेखिएका कुरा जानकारी गराउन माग गर्नुभएको हो ।

यस्तै दुई उपप्रधानमन्त्रीलाई विशेष दूतको रुपमा छिमेकी मुलुक पठाउनु संयुक्त राष्ट्रसंघको परराष्ट्र नीति विपरित रहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित सरकारले काम गर्नु आपत्तिजनक भएको बताउनुभयो ।

जटिल अवस्थामा मात्र उपप्रधानमन्त्रीलाई विशेष दूतको रुपमा पठाउन सकिने भएकाले अन्तर्राष्ट्रिय मान्यता विपरित सरकार अघि बढेको नेता रावलको आरोप छ ।

आइतबारको बैठकमा सडक यात्रा सुरक्षित बनाउन अत्यावश्यक भएको भन्ने सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।

तपाईको प्रतिक्रिया