Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

:jf:Yo dGqL kbef/ u|x0f gjlgo'Qm :jf:Yo tyf hg;ªVof dGqL uugs'df/ yfkf dGqfnodf z'qmaf/ cfkmgf] kbef/ u|x0f ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं – स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताउनुभएको छ ।
मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिङ्गो पुस्तालाई अन्याय हुने र आफूप्रतिको विश्वास पनि गुम्ने भएकाले कुनै गल्ती नगरी काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मप्रतिको विश्वास भनेको एउटा पुस्ताप्रतिको विश्वास हो । त्यसैले मैले त्यो विश्वास तोड्नु हुन्न ।’ आफूले पाएको जिम्मेवारी सामान्य जिम्मेवारी नभएको आफूलाई हेक्का रहेकाले काम गर्ने क्रममा उच्च नैतिकता र सम्पूर्ण क्षमता देखाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न निष्ठापूर्वक सत्यका पक्षमा रही काम गर्ने दोहोरयाउनुभयो । पदभारपछि उहाँले पहिलो निर्णय युवा सरोकारको विषयमा गर्दै नेपाली युवा वैदेशिक रोजगारीमा रहेकाले उनीहरुसँग सम्बन्धित विषयमा पहिलो हस्ताक्षर गर्नुभएको छ ।
मन्त्री थापालाई स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण प्रतिवेदन गलत हुने गरेको विषयमा विशेषज्ञ समिति गठन भएको जानकारी गराउनुभएको थियो ।  गलत प्रतिवेदनका कारण वैदेशिक रोजगारीमा जाने युवाले समस्या परेको भन्दै मन्त्रालयमा पटकपटक उजुरी दिने गरेका छन् । यही विषयलाई लक्षित गर्दै गठित यो विशेषज्ञ समितिले छानबिन गर्नेछ । मेडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानुन अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासङ्घको अध्यक्ष वा प्रतिनिधि र वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य रहनेछन् ।

विसं २०३३ मा सोलुखुम्बुमा जन्मनुभएका मन्त्री थापाले नेपाल विद्यार्थी सङ्घमा महामन्त्रीको पदभार पनि सम्हाल्नुभएको थियो । हाल काठमाडौं क्षेत्र ४ बाट प्रत्यक्ष निर्वाचित भई सांसद हुनुहुन्छ । युवामा चर्चित, लोकप्रिय नेताको रुपमा रहनुभएका उहाँ प्रखर, स्पष्ट वक्ताको रुपमा परिचित हुनुहुन्छ । ***

तपाईको प्रतिक्रिया