Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

;x/L ljsf; dGqL s];L gjlgo'Qm ;x/L ljsf; dGqL ch{'gg/l;+x s];L z'qmaf/ dGqfnodf cfkmgf] kbef/ u|x0f ub}{ . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं – सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नगरोन्मुख गाउँको पूर्वाधार विकासमा पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “नगरोन्मुख गाउँमा सडक, खानेपानी, खुला स्थान लगायत न्यूनतम सुविधा पु¥याएर सुन्दर सहर बनाइनुपर्छ, अव्यवस्थित सहर निर्माण र ठूला भवन बनाउने मानसिकतालाई अब त्याग्नुपर्छ । ” भूकम्पपछिको पुनःनिर्माणमा मन्त्रालयका तर्फबाट पूरा गरिनुपर्ने दायित्व निर्वाहका लागि उच्च प्राथमिकतामा राख्न मन्त्री केसीले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो । विकास निर्माणमा छुट्याइएको बजेट आव सकिन २२ दिन बाँकी हुँदा ३९ प्रतिशत खर्च हुने र आवको अन्तमा ९८ प्रतिशत पुग्ने प्रक्रियालाई रोक्न सुरुदेखि नै अनुगमनलाई प्रभावकारी बनाइनुपर्नेमा उहाँको जोड थियो ।
वास्तविक सुकुम्बासीलाई जनता आवास कार्यक्रम अन्तर्गत कार्ययोजना बनाउन पनि मन्त्री केसीले निर्देशन दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्रबाबु श्रेष्ठले सहरमा भएको कृषि भूमि संरक्षणमा मन्त्रालयको ध्यान जानुपर्ने बताउनुभयो । “आगामी वैशाखभित्रमा विकास बजेटको ८० प्रतिशतको काम सक्ने गरी योजना बनाएर काम गरिनुपर्छ, यसो भएमा मन्त्रालयका लागि यस वर्ष छुट्याइएको बजेटबाट सहरी पूर्वाधार विकासमा महत्वपूर्ण काम हुनसक्छ”–उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया