Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

raijhuma 2काठमाडौँ – राजधानीमा रहेका सुदूर तथा मध्यपश्चिमवासीले विविध सांस्कृतिक कार्यक्रम गर्दै गौरा पर्व धुमधामसँग मनाएका छन् ।

काठमाडौँको टुँडिखेलमा आज आयोजित उक्त सांस्कृतिक कार्यक्रमको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सो अवसरमा सभापति देउवा, नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावल, काँग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश (एनपी) साउदलगायतका नेताले देउडा गीतमा नाच्नुभएको थियो । उहाँहरुलाई हजारौँ सहभागीले साथ दिएका थिए ।

कार्यक्रममा सभापति देउवाले धर्म, चाडपर्व र रीतिस्थितिले एकअर्कामा भाइचारा कायम गर्दै समग्रमा राष्ट्रिय एकता नै बलियो बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “सांस्कृतिक एकताका लागि सबै एकजुट भएर अघि बढौँ ।”

प्रशंसा संरक्षण समूहको आयोजनामा भएको कार्यक्रममा यज्ञराज उपाध्याय, हरिबोल भण्डारी, सुरेश रावल, एसबी साउदलगायत कलाकारले प्रस्तुति दिएका थिए । उनीहरुले ‘राइझुमा’, ‘तमै्र मयाले’, ‘साह्रै राम्री भाकी छौ रातो सारीमा’लगायत गीत गाएका थिए भने देउडा, खाँडुलगायत नाच नाचेका थिए ।

पौराणिककालमा पार्वती अर्थात् गौरीले शिवलाई पतिका रुपमा प्राप्त गरेको खुसियालीमा गौरा पर्व मनाउने गरेको किंवदन्ती छ । कार्यक्रमका संयोजक हरिमोहन भण्डारीले आफ्नो मौलिक धर्मसंस्कृति बचाइराख्न तथा राजधानीमा रहेर पनि सुदूरपश्चिमको झल्को दिन गौरा पर्वको आयोजना गरिएको बताउनुभयो ।

पहिले सुदूर तथा मध्यपश्चिम क्षेत्रमा मनाइने यो पर्व विसं २०५२ देखि राजधानीमा समेत मनाउन थालिएको हो ।

raijhuma

तपाईको प्रतिक्रिया