Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

mantri
काठमाडौँ – नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुङ्गो लगाएको छ ।

नेताहरुबीच आज बिहान भएको छलफलपछि मन्त्रीको टुङ्गो लागेको हो । कांग्रेसबाट सरकारमा सहभागी हुनेमा अजुननरसिंह केसी, डा. प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरूङ रहुनभएको छ । शुक्रबार मन्त्रालयको टुङ्गो लागेसँगै मन्त्रीको शपथ हुने काँग्रेसले जनाएको छ ।

वर्तमान सरकारमा नेकपा (माओवादी केन्द्र)ले आठ र काँग्रेसले १३ मन्त्रालय पाउने सहमति भएको थियो । काँग्रेसबाट यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा निधि र भौतिक योजना तथा यातायातमन्त्रीका रुपमा रमेश लेखक नियुक्त भइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया