Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

khem gurung

काठमाडौं – हरेक नेपालीको मनमा बस्न सफल ‘वारि जमुना पारि जमुना’ गीतका गायक खेमराज गुरुङको निधन भएको छ ।
सिकिस्त विरामी परेपछि चावहिलस्थित मेडिकेयर अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेको उहाँको केहीवेर अघि मात्र निधन भएको अस्पताल श्रोतको भनाइ छ । जण्डिसको समस्या देखिएपछि उहाँलाई १० दिनअघि अस्पताल लगिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि सघन उपचार कक्ष (आईसीयूमा) राखिएको उहाँको अवस्था थप नाजुक भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । थप उपचारका लागि उहाँलाई एअर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिए पनि अवस्था नाजुक भएको भन्दै लैजान उपयुक्त नहुने सल्लाह उपचारमा संलग्न चिकित्सकले दिएको थियो । उपचारमा संलग्न चिकित्सकले कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको बताएका थिए ।
गुरुङका आमा र दिदी बेलायतमा भएका कारण उहाँहरू आएपछि मात्र अन्त्येष्टि गरिने छ । त्यतिन्जेल शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राख्ने तय गरिएको छ । स्व गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे, ढाक्रे (लोकगीत) र घुमफिर लगायत लोक तथा लोक पप गीतका एल्बम बजारमा उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया