Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मन्त्रीको भागबण्डा मिलेपछि आजै नयाँ मन्त्रीहरुको सपथ गराउने बताइए पनि सार्वजनिक विदा र राष्ट्रपति विद्यादेवी भण्डारी व्यस्त हुनु भएका कारण सपथ ग्रहणको कार्यक्रम शुक्रबारका लागि सारिएको छ ।

विशेष श्रोतका अनुसार सरकारमा थप हुने मन्त्रीहरूको सपथ ग्रहण शुक्रबार बिहान हुनेछ । पार्टीभित्रको विवाद समाधान गरी आजै साँझ ५ बजेसम्म भए पनि थप हुने मन्त्रीहरूको सपथ गराउने तयारीमा सभापति देउवा लाग्नु भएको थियो । तर कृष्णजन्माष्टमी पर्वको सार्वजनिक विदा र राष्ट्रपति विद्यादेवी भण्डारीको व्यस्तताका कारण नयाँ मन्त्रीहरूको सपथग्रहण एक दिन ढिला हुने भएको हो । सार्वजनिक विदाको दिन सपथ गराउने चलन नभएको र साँझ ५ बजेदेखि ७ बजेसम्म राष्ट्रपति कृष्णमन्दिर र गोठाटारमा दर्शन गर्न जाने पूर्वनिर्धारित कार्यक्रम भएको कारण भोलीलाई तय भएको कांग्रेसका एक नेताले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया