Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले राखेका माग पूरा गराउन सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत संयोजक तोकिएको उक्त समितिमा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय र सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन सदस्य रहनुभएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको अध्यक्षतामा आज बसेको बैठकमा उक्त समितिले मधेस आन्दोलनका क्रममा साहदत प्राप्त गरेका तर सहिद घोषणा गर्न बाँकी रहेका १२ जनालाई सहिद घोषणा गराउने तथा घाइतेको उपचार र क्षतिपूर्तिका बारेमा सरकारसँग वार्ता गर्ने समितिका सदस्य मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

समितिका सदस्य सुमनका अनुसार बैठकले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन आवश्यक वातावरणको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया