Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

11210523_705814899530318_9050972733188414799_n

काठमाडौं – जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलमा अध्ययनरत विद्यार्थीहरुले चन्दा स्वरुप उठाएको रकमबाट भक्तपुरमा पाँच कोठे पक्कि विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।
भक्तपुर स्थित सूर्यविनायक नगरपालिका वडा नं. १३ मा रहेको श्री महांकालेश्वर प्राविको भवन निर्माणार्थ जापानमा सञ्चालित एभरेष्ट इन्टरनेशनल स्कुलमा अध्ययनरत विद्यार्थीहरुले चन्दा संकलन गरेका थिए । उनीहरुले संकलन गरेको रकमबाट निर्माण भएको भवनको आज एक कार्यक्रमका बीच हस्तान्तरण गरियो । विद्यायलय हस्तान्तरण गरेसँगै आज सो भवनको उद्घाटन पनि गरिएको छ । शिक्षा मन्त्रालयका निमित्त सचिव डा. डिल्लीराम रिमालले भवनको उद्घाटन गर्नुभयो भने एभरेष्ट इन्टरनेशनल स्कुलका प्राधानाध्यापक प्रदिप थापाले भवन हस्तान्तरण गर्नुभयो ।

school
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्राध्यानाध्यापक थापाले एभरेष्ट इन्टरनेशनल स्कुलमा अध्ययनरत विद्यार्थीहरुले टोकियोको विभिन्न रेल स्टेशनहरुमा गएर उठाएको चन्दा रकम, स्कुलले चलाएको अभियान र जापानमा बस्ने नेपाली तथा जापानीहरुको सहयोग रकमबाट सो भवन निर्माण गरिएको बताउनु भयो । करीब २७ लाखको लागतमा निर्माण गरिएको भवनमा पाँच कोठा रहेको छ भने भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधी बनाइएको छ । प्राध्यानाध्यापक थापाले यो अभियानलाई निरन्तरता दिदै यस लगत्तै गोरखा, सिन्धुपाल्चोक र दोलखामा पनि सोही प्रकृतिको भवन निर्माण गरिने बताउनु भयो । प्राध्यानाध्यापक थापाले निहोन लरियलकी उपाध्यक्ष माकी इमुरा, सुगिनामी कोकुसाइ कोउर्योकाइका डाइरेक्टर कजुहिरो ताकाहासी र एभरेष्ट इन्टरनेशनल स्कुल, जापानका सञ्चालक समितिका अध्यक्ष डा. भुपालमान श्रेष्ठद्वारा पठाइएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो ।

11124497_705815186196956_8476162962742747720_n
कार्यक्रममा शिक्षा मन्त्रालयका निमित्त सचिव रिमालले मन्त्रालय मार्फत अनुमति लिएर विदेशमा पहिलो पटक सञ्चालन भएको नेपाली विद्यालयले गरेको यस्तो कार्यको प्रशंसा गर्नुभयो । उहाँले भवन निर्माणसँगै अब सरकारी विद्यालयहरुमा घट्दै गएको विद्यार्थी संख्या र गुणस्तर वृद्धिका विषयमा पनि सहकार्य हुनु पर्ने बताउनु भयो । त्यस्तै, भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले सरकारी विद्यालयप्रति अभिभावक र विद्यार्थीको घट्दो आकर्षणलाई बढावा दिन आफूहरुले गृहकार्य गरिरहेको बताउनु भयो ।
कार्यक्रममा श्री महांकालेश्वर प्राविका प्राध्यानाध्यापक कृष्णहरि कार्कीले ७ जना विद्यार्थीको संख्या रहेको विद्यालयमा हाल ४७ जना पुर्याउन सकेको भन्दै यसका लागि भौतिक संरचना र विद्यालयमा अंग्रेजी भाषाबाट अध्ययन गराउनु मुख्य कारण रहेको बताउनु भयो । त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खत्रीले भवन नबन्दा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको बताउनु भयो । उहाँले बर्खाको समय र जाडो महिनामा विद्यार्थीलाई सकस भएको अनुभव सुनाउनु भयो । भवन डिजाइन गर्नुहुने ईन्जिनियर डा. झबिन्द्र घिमिरेले भवन भूकम्प प्रतिरोधी बनेको भन्दै विद्यार्थी तथा अभिभावकलाई निश्चिन्त भएर अध्ययन/अध्यापन गर्न/गराउन आग्रह गर्नुभयो ।
बिल्ड अ फ्यूचर प्रोजेक्ट मार्फत निर्माण गरिएको भवनका लागि निहोन लरियलद्वारा विशेष सहयोग उपलब्ध गराइएको थियो ।

नवनिर्मित भवन उद्घाटनका केही झलकहरुः

IMG_3522

IMG_3590

IMG_6991 IMG_6990 IMG_6976 IMG_6983

IMG_3524

तपाईको प्रतिक्रिया