Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

g]kfnnfO{ ef/tn] bdsn k|bfg   ef/tn] a'waf/ g]kfnnfO{ !& j6f bdsn pkxf/:j?k k|bfg u/]sf] bdsn x:tfGt/0f sfo{qmdsf] pb3f6g ub}{ ;ª3Lo dfldnf tyf :yfgLo ljsf; dGqL lxt/fh kf08], ef/tLo /fhb"t /0fhLt /fonufot . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं – आगलागी नियन्त्रणमा सहयोग पु¥याउन भारतले आज नेपाललाई १७ वटा दमकल उपहारस्वरुप प्रदान गरेको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई भारतीय राजदूत रणजीत रायले यहाँ आयोजित कार्यक्रममा ती दमकलको साँचो हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा मन्त्री पाण्डेले एउटा दमकलको साँचो काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापालाई सुम्पनुभयो ।
मन्त्री पाण्डेले आगलागी नियन्त्रण गर्न भारत सरकारबाट प्राप्त दमकलले थप सहयोग पु¥याउने बताउनुभयो । राजदूत रायले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि दमकलकै भर पर्नुपर्ने उल्लेख गर्दै ती दमकलले प्रयोगले यस्ता कामकामा मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

g]kfnnfO{ ef/tn] bdsn k|bfg   ef/t ;/sf/nn] a'waf/ g]kfnnfO{ pkxf/:j?k k|bfg u/]sf] bdsn . tl:a/ M k|bLk/fh jGt, /f;;

हाल २१७ नगरपालिकामध्ये ७१ नगरपालिकामा १०१ बटा दमकल रहेको उक्त मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– “अझै ३४ बटा दमकल खरिदका लागि प्रक्रिया अघि बढाएइको छ, भारत सरकारले आज उपहारस्वरुप हस्तान्तरण गरेको समेत अब १५२ दमकलको सङ्ख्या पुगेको छ ।”

तपाईको प्रतिक्रिया