Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

लहान – जापानिज इन्सेफ्लाइटिसबाट सप्तरीका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका–९ बस्ने चन्द्रनारायण देवका १२ वर्षीय छोरा यमन रहेका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा उनको आइतबार मृत्यु भएको थियो ।

ज्वरो आउने, टाउको दुख्ने र बेहोस हुने समस्याले थलिएर साउन १५ गते राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएका बालक यमनको त्यहाँ उपचार सम्भव नभएपछि साउन २० गते विराटनगरस्थित लाइफ गार्ड अस्पताल हुँदै साउन २१ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बालकको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयले नै प्रतिष्ठानमा सम्पर्क गरी मृत्युको कारण पत्ता लगाउँदा त्यहाँवाट जापानिज इन्सेफ्लाइटिसका कारण उनको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया