Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – उर्जामन्त्री जनार्दन शर्माले पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएको महेन्द्र मञ्जिलको वत्तीको लाइन काट्नु भनेर नभनेको स्पष्ट पार्नुभएको छ ।

janardan-sharma-525x350

आफूले साना ग्राहकको लाइन काटेर सर्वसाधारण नागरिकलाई दुःख नदिने र ठूला ठूला जो अटेर गरेर बसेका छन् त्यस्ता १० वटा ग्राहकको लाइन काट्न मात्र निर्देशन दिएको बताउनुभयो ।

उर्जामन्त्रालयमा गरिएको पत्रकार भेटघाटमा उर्जामन्त्री शर्माले भन्नुभयो, ‘कार्यकारी निर्देशकको नेतृत्वमा ट्रेड युनियनका पनि नेताहरु गएर सबैभन्दा ठूलाबाट लाइन काटन्ु  भनेको थिएँ । यसले साना ग्राहकसम्म पनि सकारात्मक सन्देश जान्छ भनेर भनेको थिएँ तर मैले पूर्वमहारानीको लाइन काट्नु भनेको थिएन ।’
आफूलाई पूर्वमुमा बडामहारानी भनेर समेत थाहा नभएको भन्दै मन्त्री शर्माले भन्नुभयो ‘न मलाई उहाँले महसुल तिर्नुभएको छैन भन्ने जानकारी थियो, न मैले काट्नु भनेको थिएँ ? सरकारले तिर्नुपर्ने सवालमा ताकेता गर्नु र ठूला उपभोक्ताको लाइन काट्नु भनेको थिएँ ।’

उर्जामन्त्रीको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले अस्ति आइतबार पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएको महेन्द्र मञ्जिलको बिजुलीको लाइन काटेको थियो । ८९ वर्षकी बृद्धाको निवासमा लाइन काटिएको विषयमा सर्वत्र विरोध भएपछि प्राधिकरणले हिजै सोमबार लाइन जोडिदिएको छ । महेन्द्र मञ्जिलबाट तिर्न बाँकी रहेको रकम संस्कृति तथा पर्यटन मन्त्रालयले भुक्तानी दिने खबर आएपछि प्राधिकरणले लाइन जडान गरेको थियो ।

तपाईको प्रतिक्रिया