Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं –  साउदीस्थित नेपाली राजदूतावासले समस्यामा परेका दुई जना महिलालाई नेपाल फर्काएको छ । बाँकेको भलगौरेकी पुजा सुनार र सिन्धुपाल्चौकको गुम्बा ३ की रुपरानी तामाङलाई नेपाल फर्काएको हो ।

४ वर्षदेखि काम गरेको घरमालिकले रुपरानीलाई तलव नदिई घरेलुकामदार शाखामा बुझाएपछि राजदूतावासको सेल्टरमा आउनु भएको थियो । पुजा पनि २ वर्ष ४ महिना देखि साउदीकै एक घरमा कष्टकर जीवन विताइरहनु भएको थियो । उनीहरुलाई साउदी सरकारसँग समन्वय गरेर नेपाल फर्काएको राजदूतावासले जनाएको छ ।

समस्यामा परेका ११ जना महिला राजदूतावासको सेल्टरमा र घरेलु कामदार शाखामा १३ जना गरि २४ जना राजदूतावासको रेखदेखमा छन् । उनीहरुलाई पनि नेपाल फर्काउन पहल भैरहेको छ । गैर कानूनि रुपमा साउदी गएका महिला समस्यामा पर्नेक्रम बढेको छ ।

तपाईको प्रतिक्रिया