Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाली काँग्रेसले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारणका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

काँग्रेसले आज बेलुका ४ः३० बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको सचिव ध्रुव वाग्लेले जानकारी दिनुभयो । त्यस्तै भोलि मङ्गलबार बिहान ८ बजे काँग्रेस संसदीय दलको बैठक बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका साथै स्थानीय निकायको पुनःसंरचनाका बारेमा पार्टीको आधिकारिक धारणा बनाउन छलफल हुने बताइएको छ । काँग्रेसले यसअघि आइतबार र सोमबार केन्द्रीय समिति र जिल्ला सभापतिको संयुक्त बैठक राखेर सोही विषयमा छलफल गरेको थियो ।

स्थानीय निकायको पुनःसंरचानाका लागि सुझाव दिन गठित आयोगले ५६५ वटा स्थानीय तह बनाउनुपर्ने सुझाव दिएपछि प्रमुख दलहरुबीच यसबारेमा चासो बढेको हो । थोरै गाउँपालिका र नगरपालिका बनाइँदा जनतालाई दिइने सेवा सहज र व्यावहारिक नहुने काँग्रेसको धारणा छ ।

तपाईको प्रतिक्रिया