Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत जानुभएका उपप्रधानमन्त्री निधिले आज पूर्व प्रधानमन्त्री सिंहसँग उहाँकै निवासमा भेटवार्ता गर्नुभएको हो ।

nidhi

भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका विषयमा समेत छलफल भएको बताइएको छ । आजै उपप्रधानमन्त्री निधिले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

उपप्रधानमन्त्री निधिले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग छुट्टाछुृट्टै उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । त्यस्तै भारतीय विपक्षी दल कँग्रेस (आई)का उपाध्यक्ष राहुल गान्धीले उपप्रधानमन्त्री निधिलाई उहाँ बसेको होटलमै आइतबार भेट्नु्भएको थियो ।

भेटवार्ता क्रममा भारतीय उच्च अधिकारीहरुले उपप्रधानमन्त्री निधिलाई नेपाल सरकारले गरेको संविधान संशोधन र मधेस केन्द्रित दलका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गर्नुभएको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री निधिको भारत भ्रमणपछि यही भदौ ३० गतेदेखि प्रधानमन्त्री दाहालको भारत भ्रमण तय भएको बुझिएको छ ।  नयाँ सरकार गठनपछि नेपाल सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री निधि दुई देशबीच उच्चस्तरीय भ्रमणको चाँजोपाँजो मिलाउन यही भदौ २ गते भारत प्रस्थान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया