Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – भारी वर्षासँगै आएको तीव्र आँधीका कारण जापानको राजधानी टोकियोका सयौँ आन्तरिक उडान स्थगित गरिएको छ । आँधीका कारण ४ सय आन्तरिक उडान रद्ध गरिएको जापान एयरलायन्सले जनाएको छ ।

japan

तीव्र गतिको आँधीका कारण टोकियोको दक्षिणपुर्वी सहर टाटेयामामा ठुला पहिरो गएको समाचारमा जनाइएको छ । प्रतिघण्टा १ सय ८० किलोमिटरका दरले आएको मिन्डुले नामको आँधीका कारण अझै बाढी र पहिरो जान सक्ने भन्दै नागरिकहरुलाई सर्तक रहन भनिएको छ ।

आँधीका कारण अहिलेसम्म मानवीय हताहतीको खबर प्राप्त नभएको बताइएपनि स्थानीय सञ्चार माध्यमले भने २ जनाको मृत्यु भएको जनाएका छन् । आँधीका बाबजुद पनि मुख्य मुख्य क्षेत्रको रेल सेवा भने सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया