Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

सप्तरी  – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारमा जाने योजना नरहेको बताउनुभएको छ ।

सप्तरीको राजविराजमा सोमबार बिहान भएको कार्यक्रममा यादवले सरकारमा नजाने विषयमा फोरम नेपाल मात्रै नभई संघीय गठबन्धन र मोर्चा पनि एकमत रहेको बताउनुभयो ।

‘फोरम नेपाल सरकारमा सहभागी हुने बारे विभिन्न चर्चा चलेका छन्’ यादवले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयले खाली राखिएको भनि प्रसंग जोड्दै फोरम नेपाल सरकारमा सहभागी हुने बताइने गरेको छ । तर ति कुरामा कुनै सत्यता छैन ।’ मधेसको माग सम्बोधन नभएसम्म आफूहरु सरकारमा नजाने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया