रौतहट – रौतहटको सखुहवादमौरा–८ मा आइतबार राति ट्रयाक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । चन्द्रनिगपुरबाट इट्टा लिएर फर्कँदै गरेको ना ४ त १६७१ नम्बरको ट्रयाक्टर सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रयाक्टर चालक गरुडा–११ का ३० वर्षका अब्दुल मियाँ र ३५ वर्षका सेठ जलाहुद्दिनको ज्यान गएको हो । घाइतेको गरुडामा रहेको हेल्थ्य ल्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।