Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

दाङ – दाङको देउखुरी गढवामा तिजको नाच हेर्न गएका दुई जनाको गोली हानी हत्या भएको छ । गढव–५ खबरी नाकाका ३२ वर्षका कर्णबहादुर पुनले स्थानीय ३२ वर्षका राजु रोका र कालु रोकाको भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

गोली लागि गम्भीर घाइते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । राजु रोकाको भने उपचारका क्रममा ज्यान गएको हो । आइतबार राति खबरी नाकामा तीजको मेला लागेको थियो । मेलामा पुगेका राजु र कालुलाई पुनले पुरानो रिसइबी साँध्न गोली हानेको एसपी सिंहले बताउनुभयो ।

‘पुनले योजनावद्ध रुपमा आक्रमण गरेको देखियो, उसले पहिलेनै भरुवा बन्दुक लुकाएर राखेका रहेछन्, जब रोकाद्धय मोटरसाइकमा चढे लगतै उसले गोली हान्दा एउटाको घाँटी छेड्दै अर्कालाई पनि गोली लागेको पाइएको छ ।’

तपाईको प्रतिक्रिया